४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएनजीविरुद्ध आसिफको अर्धशतक, नेपालको सानदार सुरुवात



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र पपुवा न्यु गिनी (पिएनजी)बीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

उनले पिएनजीविरुद्ध ४७ औं बलमा करिअरको आठौं अर्धशतक पूरा गरेका हुन् । आशिफ ५५ बलमा ७ चौका र २ छक्कासहित ६० रनमा क्रिजमा छन् ।

ताजा स्थितीमा टस हारेर ब्याटिङमा उत्रिएको नेपाल १८ ओभर सकिँदा कुनै विकेट नगुमाई १०८ रनको स्थितीमा छ ।