८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट

विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट
अ+ अ-

काठमाडौँ। जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा ल्याउने भएको छ ।

कम्पनीका अनुसार गुरुग्रामको प्रमुख व्यावसायिक तथा मनोरञ्जन केन्द्रका रूपमा परिचित सेक्टर–६५ स्थित व्यावसायिक परिसरमा यही साउन १५ गतेदेखि रेष्टुरेन्ट सञ्चालन हुने भएको हो ।

जिम्बु थकालीका संस्थापक विवेकमान शेरचनले भारतमा शाखा विस्तारलाई व्यवसाय विस्तारभन्दा पनि नेपाली खाना, संस्कृति र आतिथ्यलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने अभियानको सुरुआतका रूपमा लिएको बताउनुभयो । उहाँले भारतीय तथा अन्य मुलुकका ग्राहकलाई प्रामाणिक थकाली स्वादसँगै नेपालको संस्कृति, आतिथ्य र हिमाली जीवनशैलीको अनुभव गराउने उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

कम्पनीका अनुसार नयाँ शाखामा थकाली खाना सेट, ढिँडो, फापरका परिकार, गुन्द्रुक, सुकुटी तथा जिम्बु र टिमुरको स्वाद समेटिएका परिकार उपलब्ध हुनेछन् । मौलिक स्वाद कायम राख्न जिम्बु, टिमुरलगायत रैथाने नेपाली मसला नेपालबाटै आपूर्ति गरिनेछ भने अन्य ताजा सामग्री स्थानीय रूपमा व्यवस्थापन गरिनेछ ।

अन्तरराष्ट्रिय ग्राहकलाई लक्षित गरी परम्परागत थकाली परिकारसँगै केही नयाँ शैलीका परिकार पनि समावेश गरिएको कम्पनीले जनाएको छ । चटामरी, बारा, विभिन्न प्रकारका मःमः, गुन्द्रुकको झोल, सेकुवा, जुजु धौबाट बनाइने मिठाइ तथा खुवा यमरी पनि मेनुमा रहनेछन् ।

रेस्टुरेन्टमा नेपाली शैली झल्कने गरी नेपाली काष्ठकला, बुट्टेदार झ्याल, कलात्मक स्तम्भ तथा थकाली संस्कृतिको झल्को दिने सामग्री प्रयोग गरिएको कम्पनीले जनाएको छ । आधुनिक सुविधासँग नेपाली वास्तुकला र आतिथ्यलाई संयोजन गरी ग्राहकलाई नेपालकै अनुभूति गराउने लक्ष्य राखिएको छ ।

शाखामा करिब ९० जना ग्राहकले एकैपटक भोजन गर्न सक्ने क्षमता छ । कम्पनीका अनुसार सोही परिसरमा भारतमा पहिले नै सञ्चालनमा रहेको नेपाली कफी ब्रान्ड हिमालयन जाभाको शाखा पनि रहनेछ ।

सन् २०१६ मा स्थापना भएको जिम्बु थकालीले हाल नेपालमा कालीमाटी, नयाँ बानेश्वर, झम्सिखेल र टंगालस्थित चार शाखामार्फत सेवा दिँदै आएको छ ।

कम्पनीका अनुसार हालसम्म २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ । कम्पनीले नेपाली थकाली खानालाई अन्तर्राष्ट्रिय रेस्टुरेन्ट ब्रान्डका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ । रासस