२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगमा आज दुई खेल



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् । दोस्रो चरणको लिग अन्तर्गत बिहीबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा खेल हुन लागेको हो ।

एन्फा कम्प्लेक्समा एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । सोही समयमा च्यासल मैदानमा विभागीय टोली त्रिभुवन आमी क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

डबल राउण्ड रोबिनको आधारमा जारी यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ । फेयर प्ले टोलीले ३ लाख पाउने छ ।

यस्तै, मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।