काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसीसीको विरोधमा सडक प्रदर्शनमा सहभागी हुनुभएको छ । पार्टीका केही भ्रातृ सङ्गठनहरुले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा निकालेको प्रदर्शनमा श्रेष्ठ पनि सहभागी हुनुभएको हो ।
उहाँले संसद् भवन भएको नयाँ बानेश्वरको सडकमा प्रदर्शनमा भाग लिनुभएको हो । पार्टीभित्र एमसीसीबारे उहाँलाई प्रखर विरोधी मानिन्छ । उहाँले सार्वजनिकरुपमा पनि एमसीसीको विरोध गर्दै आउनुभएको छ ।