२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-२० एसियन कप: नेपालले आज प्यालेस्टाइनसँग खेल्दै



अ+ अ-

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज प्यालेस्टाइनसँग भिड्दैछ ।

प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तराष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा प्यालेस्टाइनलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

समूह ‘बी’मा नेपालसँगै प्यालेस्टाइन र नर्दन मारियाना आइल्याण्ड रहेको छ । समूह ‘बी’मै रहेको युएईले भने प्रतियोगिताबाट नाम फिर्ता गरिसकेको छ ।

नेपालले दोस्रो खेल सोमबार नर्दन मारियानासँग खेल्नेछ । प्रतियोगिताको समूह विजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् ।

दोस्रो चरणको छनोट खेल जुन ३ देखि ११ सम्म हुनेछ ।दोस्रो चरणबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछ ।

नेपाली टोली:

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डर: सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर: तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड: गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन