• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘दलीय न्यायाधीश नियुक्त प्रक्रियाले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन’ ★   नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन् ★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल

नेयमारले सिजनका बाँकी खेलहरु गुमाउने



एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार खेलाडी नेयमारले सिजनका बाँकी खेलहरु गुमाउने भएका छन् । ब्राजिलियन फरवार्ड नेयमारले गत १९ फेब्रुअरीमा लिलमाथि ४–३ को जित निकाल्ने क्रममा चोट बोकेका थिए ।

क्लबका अनुसार उनको दाहिने खुट्टाको जोर्नीमा पछिल्ला वर्षमा समस्याहरू देखिएका कारण त्यसलाई दोहोरिन नदिन अपरेसनको आवश्यकता देखिएको छ । उनी मैदानमा फर्कन चार महिना लाग्ने पनि क्लबले जानकारी दिएको छ ।

नेयमारको दाहिने खुट्टामा पछिल्ला वर्षहरूमा बारम्बार समस्या देखिने गरेको थियो । यसैका कारण उनले सन् २०२२ को विश्वकपमा सर्बियाविरुद्धको पहिलो खेलमा घाइते भएपछि दुई खेल गुमाएका थिए । सन् २०१९ को कोपा अमेरिका गुमाएका उनले २०२१ मा पनि धेरै खेल गुमाउनु परेको थियो ।

पिएसजीले बुधबार मध्यरातमा च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेग जर्मन महारथी बार्यन म्युनिखविरुद्ध खेल्दैछ । यसअघि पहिलो लेगमा आफ्नो घरेलु मैदानमै १–० गोलले स्तब्ध बनेको पिएसजीलाई क्वाटरफाइनल प्रवेशका लागि सो खेल निकै महत्वपूर्ण रहेको छ । तसर्थ भोलिको खेलमा पिएसजीलाई नेयमारको अभाव खड्किने छ ।