२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः यूएईलाई पछि पार्दै नेपाल पाँचौं स्थानमा



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली यूएईविरुद्धको रोमाञ्चक जितपछि नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

यूएईलाई अन्तिम खेलमा ४२ रनले हराउँदै नेपालले अंक तालिकामा एक स्थान सुधार गरेको हो । यूएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । अब नेपालले घरेलु मैदान टियुमा पपुवा न्युगिनी र युएईसँग दुई–दुई खेल खेल्नेछ ।

नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अर्कोतर्फ ओडिआई मान्यता जोगाउन नेपाललाई चार मध्ये दुई जित पर्याप्त हुनेछ ।