२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः यूएईलाई पछि पार्दै नेपाल पाँचौं स्थानमा



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली यूएईविरुद्धको रोमाञ्चक जितपछि नेपाल अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

यूएईलाई अन्तिम खेलमा ४२ रनले हराउँदै नेपालले अंक तालिकामा एक स्थान सुधार गरेको हो । यूएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । अब नेपालले घरेलु मैदान टियुमा पपुवा न्युगिनी र युएईसँग दुई–दुई खेल खेल्नेछ ।

नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अर्कोतर्फ ओडिआई मान्यता जोगाउन नेपाललाई चार मध्ये दुई जित पर्याप्त हुनेछ ।