२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल टिमका २० जनामा कोरोना संक्रमण पुष्टी, हाललाई प्रशिक्षण स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनालाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । खेलाडीलाई कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले हिजो बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण पनि हाललाई स्थगित गरि एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो ।

प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जना खेलाडीमा कोरोना संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राई जानकारी दिएका थिए । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।

साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।