३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल टिमका २० जनामा कोरोना संक्रमण पुष्टी, हाललाई प्रशिक्षण स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनालाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । खेलाडीलाई कोरोना देखिएपछि अखिल नेपाल फुटबल संघ एन्फाले हिजो बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण पनि हाललाई स्थगित गरि एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो ।

प्रशिक्षणअघि गरिएको परीक्षणमा २० जना खेलाडीमा कोरोना संक्रमण देखिएको एन्फा प्रवक्ता किरण राई जानकारी दिएका थिए । कोरोना संक्रमण देखिएकाहरु अहिले आइसोलेसन र होम आइसोलेसनमा छन् ।

साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।