५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहनाले कानको लोती च्यातिएको छ भने डराउनु पर्दैन, उपचार सम्भव छ



अ+ अ-

काठमाडौं । आफुलाई सुन्दर देखाउन हरेक मानिसले आफ्नो कानमा विभिन्न किसिमका गरगहनाहरु लगाउने गर्छन् । झन विवाह वा कुनै पार्टीमा जानुपर्यो भने सबैभन्दा ठूलो गहनाको होड चलेको हुन्छ । तर सुन्दरताको लागि लगाउने गहनाले आफ्नो शरिरलाई कति असर पार्छ भन्ने कुरा थाहा नै हुँदैन् ।

कानमा लगाउने रिङ, कुण्डल जस्ता गरगहनाहरु लगाउने गर्दा कानको लोती ठूलो हुने गर्छ भने कतिको त लोती नै च्यातिने गर्छ। कना मानिसलाई सुन्दर देखाउने एक अंग हो ।

तर गरगहना लगाउँदा ख्याल नगर्दा कतिपय महिलाहरु कानको लोति च्यातिएर चिन्तित हुने गर्छन्।कहिलेकाँही आफुले लगाएको गहना कतै कपडा तिर अल्झिएर पनि कान च्यातिएको हुन्छ। यस्तो अवस्थामा आफुले विशेष ध्यान दिनुपर्ने हुन्छ।

कानको लोती च्यातिएमा कसरी उपचार गर्ने त रु कानको लोतिमा हड्डी नहुने हुँदा कमलो हुन्छ। कमलो छालामात्र हुने भएकाले भारी गहना लगाउँदा लोती च्यातिने सम्भावना बढी हुन्छ।

कसैको कानको लोती जन्मजातै सानो हुन्छ भने कसैको ठूलो हुन्छ। तर गरगहना लगाउने विषयमा ध्यान नदिँदा कानको लोती च्यातिने गर्छ।

कानको लोती ठूलो भएका मानिसले सर्जएरी गरेर ठूलो बनाउने गर्छन् भने ठूलो हुनेले कानको लोती सर्जरी गरेर सानो बनाउने गर्छन् । कानको लोतीको सर्जरी गर्न आधा घण्टामात्र समय भए पुग्छ।

सर्जरी छाला रोग विशेषज्ञले गर्ने गर्छन्। सर्जरी गराउँदा च्यातिएको भागलाई मात्रै लट्याएर पुरानो छालालाई नदेखिने गरेर काटेर मसिनो पारेर सिलाइन्छ।

यसरी सर्जरी गरेतापनि नियमित काम गर्न सकिन्छ। तर सर्जरी गराएपछि कतिको कानको लोती सुनिन सक्छ त्यसकारण आइसले सेक्न सकिन्छ। यसो गरिसकेपछि कान सर्जरी गरेको एक दुई महिनापछि छेडेर गहना लगाउन सकिन्छ तर ठूलो तौल बढी भएको गहना लगाउनु हुँदैन्। (एजेन्सीको सहयोगमा)