२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः दबाबमा नेपाल, गुमायो छैटौं विकेट



अ+ अ-

काठमाडौँ । यूएईमा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले खराब सुरुवात गरेको छ ।

पपुवा न्युगिनी (पिएनजी)ले दिएको १८० रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ६ विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल शून्य रनमै आउट हुन पुग्दा, भरोसामा रहेका कप्तान रोहित पौडेल र आरिफ शेखद्वय १ रनमात्रै बनाउँदै पेभिलियन फर्किएपछि नेपाली टोली दबाबमा परेको छ । यस्तै, दिपेन्द्र सिंह ऐरी पनि ८ रन जोड्दै पेभिलियन फर्किएका छन् । १६ बल खेलेका उनी पिएनजीका सेसे बाउको एलबीडब्लुको शिकार भए ।

यस्तै, ३५ बल फेस गरेका भीम सार्की पनि ८ रनमात्रै बनाउँदै आउट हुन पुगे । हाल क्रिजमा आशिफ शेख र कुशल मल्ल रहेका छन् । नेपालले ताजा स्थितीमा २६.३ ओभरमा ६ विकेटको क्षतिमा ७९ रन जोडेको छ ।