२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्दौर टेस्टः भारतविरुद्ध अष्ट्रेलियाद्वारा ७६ मिनेटमा ७६ रनको लक्ष्य ९ विकेटले विजयी



अ+ अ-

एजेन्सी । भारतको इन्दौरस्थित होल्कार स्टेडियममा भएको टेस्टमा अष्ट्रेलियाले भारतलाई ९ विकेटले पराजित गरेको छ । भारतले ७६ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले खेल सुरु भएको ७६ मिनेटमै पुरा गर्यो । ट्राभिस हेडले ४९ रनको इनिङ खेले ।

यो जितसँगै अष्ट्रेलियाले चार खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । सिरिजको अन्तिम खेल मार्च ९ देखि १३ सम्म अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

खेलको तेस्रो दिन शुक्रबार पाहुना टोलीलाई जितका लागि ७६ रनको सानो लक्ष्य थियो, तर दिनको दोस्रो बलमा रविचन्द्रन आश्विनले उस्मान ख्वाजालाई शून्यमा आउट गरेर भारतीय फ्यानहरूको आशा जगाएका थिए ।

पहिलो ११ ओभरमा भारतीय स्पिनर पनि प्रभावशाली बनेका थिए । तर १२ औं ओभरमा बल परिवर्तन हुनासाथ परिस्थिति बदलियो । बल परिवर्तन गर्नुअघि अष्ट्रेलियाले १३ रन मात्र बनाएको थियो । बल परिवर्तनको ७ ओभरपछि अष्ट्रेलियाका ब्याट्सम्यानले बाँकी ६३ रन बनाए । अश्विनको बलमा मार्नस लाबुसेनले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । ट्राभिस हेड ४९ र मार्नस लाबुसेन २८ रनमा अविजित रहे ।

यसअघि भारतले दोस्रो इनिङ्समा १६३ रन बनाएर ७५ रनको अग्रता लिएको थियो । यससँगै अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा १९७ रन बनाएको थियो भने पहिलो इनिङ्समा ८८ रनको अग्रता लिएको थियो । भारत पहिलो इनिङ्समा १०९ रनमा सिमित भएको थियो ।