२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्दौर टेस्टः भारतविरुद्ध अष्ट्रेलियाद्वारा ७६ मिनेटमा ७६ रनको लक्ष्य ९ विकेटले विजयी



अ+ अ-

एजेन्सी । भारतको इन्दौरस्थित होल्कार स्टेडियममा भएको टेस्टमा अष्ट्रेलियाले भारतलाई ९ विकेटले पराजित गरेको छ । भारतले ७६ रनको लक्ष्य दिएको थियो, जुन अष्ट्रेलियाले खेल सुरु भएको ७६ मिनेटमै पुरा गर्यो । ट्राभिस हेडले ४९ रनको इनिङ खेले ।

यो जितसँगै अष्ट्रेलियाले चार खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । सिरिजको अन्तिम खेल मार्च ९ देखि १३ सम्म अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

खेलको तेस्रो दिन शुक्रबार पाहुना टोलीलाई जितका लागि ७६ रनको सानो लक्ष्य थियो, तर दिनको दोस्रो बलमा रविचन्द्रन आश्विनले उस्मान ख्वाजालाई शून्यमा आउट गरेर भारतीय फ्यानहरूको आशा जगाएका थिए ।

पहिलो ११ ओभरमा भारतीय स्पिनर पनि प्रभावशाली बनेका थिए । तर १२ औं ओभरमा बल परिवर्तन हुनासाथ परिस्थिति बदलियो । बल परिवर्तन गर्नुअघि अष्ट्रेलियाले १३ रन मात्र बनाएको थियो । बल परिवर्तनको ७ ओभरपछि अष्ट्रेलियाका ब्याट्सम्यानले बाँकी ६३ रन बनाए । अश्विनको बलमा मार्नस लाबुसेनले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । ट्राभिस हेड ४९ र मार्नस लाबुसेन २८ रनमा अविजित रहे ।

यसअघि भारतले दोस्रो इनिङ्समा १६३ रन बनाएर ७५ रनको अग्रता लिएको थियो । यससँगै अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा १९७ रन बनाएको थियो भने पहिलो इनिङ्समा ८८ रनको अग्रता लिएको थियो । भारत पहिलो इनिङ्समा १०९ रनमा सिमित भएको थियो ।