२९ भाद्र २०८३, सोमबार
,
Latest
तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले ‘ए’ डिभिजन लिगको उद्घाटन गर्ने, विद्यार्थीलाई निशुल्क प्रवेश



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘ए’ डिभिजन लिगको उद्घाटन गर्ने भएका छन् ।

शुक्रबारबाट सुरु हुन लागेको ‘ए’ डिभिजन लिगको प्रमुख अतिथीको रुपमा बालेनले प्रतियोगिताको उद्घाटन गर्ने भएका हुन् ।

लिगको मार्केटिङ कम्पनी एमडीएसी स्पोर्टसको अनुसार उद्घाटन सत्रलाई भब्य बनाउन सेलिब्रेटी, राजनीतिकर्मी र विभिन्न क्षेत्रका चर्चित अनुहारलाई अतिथीको रुपमा बोलाईएको छ ।

आज हुने उद्घाटनमा विद्यार्थीलाई प्रवेश निशुल्क गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर नवप्रवेशी खुमलटार र फ्रेन्ड्स क्लबबिचको उद्घाटन खेल निशुल्क हेर्न सक्ने एमडीएसी स्पोर्टले जनाएको छ ।