२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता



अ+ अ-

काठमाडौं । एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकता’दयगत पनि छलफल गरेका हुन् ।

एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए । गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।

यसअघि ओलीले राष्ट्रपतिमा नेपाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । पछिल्लो समय एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीसँग सहकार्य मात्रै नभई पार्टी एकताका लागिसमेत पहल थालेका छन् । ओलीको सो पहललाई एकीकृत समाजवादीका नेताले सकारात्मकरूपमा लिँदै छलफलका लागि ‘ढोका’ खुलेको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका एमाले नेताले नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए । नेम्वाङले अध्यक्ष नेपाललाई राष्ट्रपति निर्वाचनमा मतदान गरेर सघाउन आग्रह गरे । नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र नेता विमला राई सहभागी थिए ।

भेटघाटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झासमेत सहभागी थिए । एमाले र एकीकृत समाजवादीका शीर्ष नेताबीच पार्टी विभाजनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा यो पहिलो औपचारिक भेटघाट हो । एमाले प्रवक्ता गुरुङले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेवारलाई मत दिन अनुरोध गरेको बताए ।

उनले आफ्नो दलले अघि सारेको उम्मेदवार नेम्वाङलाई मत मागेको र दुई पार्टीलाई एकता बनाउने कुरा राखेको जानकारी दिए । ‘राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादीको कार्यालयमा पहिलोपटक आएर भेटेका छौं,’ गुरुङले भने, ‘अहिले पार्टी एकता पनि गर्ने चुनौतीबीच अवसरसमेत प्राप्त भएको कुरा हामीले राखेका छौं । यो चुनौतीबीच अवसर प्राप्त भएको छ, यसलाई अघि बढाउनुपर्छ ।’ एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न गरेको आग्रहमा एकीकृत समाजवादीले अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ ।

एमालेले सौहार्दपूर्ण सम्बन्धका लागि सुरु गरेको प्रयास स्वागतयोग्य भएको एकीकृत समाजवादीका नेताले बताए । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेम्वाङसहितको टोलीले राष्ट्रपतिमा सहयोगको अपील गरेको बताए । उनले एमालेसँग पहिलोपटक औपचारिक भेटवार्ता भएकोमा अध्यक्ष नेपालले धन्यवाद दिएको बताए ।

एमालेले औपचारिक संवाद सुरु गरेकोमा खुसी लागेको खतिवडाले बताए । तर, बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरिसकेकाले दायाँबायाँ नहुने उनको भनाइ छ । प्रवक्ता खतिवडाले एकीकृत समाजवादीकै अस्तित्वमाथि पटकपटक प्रश्न उठाउने पार्टी केन्द्रीय कार्यालयमै औपचारिक प्रस्ताव लिएर आउनु खुसीको कुरा भएको बताए ।

‘नेकपा एमालेले हाम्रो अस्तित्वमाथि अनेकौंपटक अनेकौं कुरा भनेको छ । तर, त्यही पार्टीले पार्टी केन्द्रीय कार्यालयमा आएर औपचारिक कुराकानी गर्नु त खुसीको कुरा नै हो । बल्लबल्ल दुई पार्टीबीच भेटघाट भएको छ । सौहार्दपूर्ण सम्बन्ध र मित्रता विकास गर्न एमालेले सुरु गरेको प्रयास स्वागतयोग्य छ,’ उनले भने ।

एमालेद्वारा रास्वपा र राप्रपासँग पनि छलफल राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका नेम्वाङलाई मतदान गर्न एमालेले एकीकृत समाजवादीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०सँग समेत बिहीबार छलफल गरेको छ । एमाले नेता रास्वपा र राप्रपाको छुट्टाछुट्टै ठाउँमा रहेको कार्यालयमा पुगेर छलफल गरेका छन् ।

एमालेका सचिव योगेश भट्टराईले २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनमा रास्वपाले आफूहरूले अघि सारेको उम्मेदवारलाई मत दिने दाबी गरेका छन् । रास्वपाको पार्टी कार्यालय धुम्बाराही पुगेर नेतालाई भेटेपछि भट्टराईले रास्वपाका सभापति रवि लामिछाने आफ्नो दल आन्तरिक छलफलमा रहेको जवाफ दिएको बताए । एमालेसँग केही समय सहकार्य पनि गरेकाले नेम्वाङजत्तिको व्यक्तित्व बन्नुपर्ने आफूहरूको मत भएको तर अहिले पार्टीमा छलफल गरिरहेको लामिछानले जवाफ दिएको भट्टराईले बताए ।

‘उहाँको भनाइ र बडी ल्यांग्वेजले हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको मत राष्ट्रपतिमा सुवास नेम्वाङले पाउने देखिन्छ,’ भट्टराईले भने । सबै दलसँग कुरा गर्ने प्रक्रियामा रहेको र त्यही क्रममा रास्वपासँग छलफल गरेको उनले बताए । संविधानसभामा सफल भूमिका खेलेको र सभामुखका रूपमा पनि सफल भएकाले उपयुक्त हुने तर्क आफूहरूले राखेको उनले बताए । एमाले नेताहरू राप्रपाको केन्द्रीय कार्यालय वसुन्धारासमेत पुगेका छन् ।

मत माग्न केन्द्रीय कार्यालय वसुन्धारा पुगेका नेम्वाङसहित एमाले नेतालाई पार्टीभित्र छलफल गर्न बाँकी रहेको बताइएको राप्रपाका महामन्त्री मुकुल ढकालले बताए । ‘उहाँ ९नेम्वाङ० राष्ट्रपतिका लागि उपयुक्त पात्र हो भन्नेमा संकोच छैन तर पार्टीले निर्णय गर्न बाँकी छ । त्यसैले निर्णय आज नै गर्न सकिँदैन भन्यौं,’ ढकालले भने ।

राष्ट्रपतिमा कसलाई भोट दिने भन्ने विषयमा आफ्नै केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकबाट निर्णय गरिने उनले बताए । राष्ट्रपतिको निर्वाचन २५ फागुनमा हुँदै छ । राष्ट्रपतिका लागि एमालेबाट नेम्वाङ र आठ दलीय गठबन्धनबाट कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । राजधानी दैनिक