२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकपमा छनोट भएका खेलाडीलाई जनही १ लाख दिने क्यानको घोषणा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसिसी यू-१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा आफनो स्थान पक्का गरेपछि क्यानले खेलाडीलाई प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेको हो ।