६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा नेपाल: ७ विकेट गुमायो, अलआउट हुने सम्भावना



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईबिरुद्ध नेपालले सात विकेट गुमाएको छ ।

जितको लागि २ सय ८ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नेपालको खराब प्रदशनीमा नेपालका तीन खेलाडि शुन्य रन बनाएर आउट भए ।

नेपालका लागि कुशल मल्लले अर्धसतक बनाए । मल्लले ४६ बलमा ८ चौका र एक छक्काको सहयोगमा अर्धसतक पूरा गरेका थिए । उनी मियाप्पाको बलमा मुस्ताफाको हातबाट क्याच आउट भए ।

यस्तै, ओपनर कुशल भुर्तेल ५ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र अरीफ शेख शुन्य रनमा आउट भए । यस्तै आसिफ शेख १६ बलमा १७ रन बनाएर क्याच आउट भए भने दिपेन्द्र सिङ २२ बलमा ७ रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म २० ओभरमा नेपालले ७ विकेट गुमाएर ९९ रन बनाएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २०७ रन बनायो ।यूएईको लागि असिफ खानले ७२ रनको अर्धसतकिय इनिङ खेले । उनले ५ चौँका र तीन छक्का प्रहार गरे । नेपालका स्पिनर सन्दीप लामिछानेले उनलाई करण केसीको हातबाट क्याच गराएर नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए ।

यस्तै, यूएईका मुस्तफाले २ चौकाको सहयोगमा ७६ बलमा ५२ रन बनाएर अविजित रहे । आर्यान ल्याक्राले २८ तथा रिजवानले २२ रन बनाउँदा आर्विन्द १८ रनमा सिमित रहे ।

नेपालका लागि बलिङ गरेका सन्दीप लामिछाने र करण केसीले समान ३/३ विकेट लिए । आरीफ शेख, कुशल मल्लले भने समान १/१ विकेट लिए ।