२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टू: टस जितेर बलिङ गर्दै नेपाल, सन्दीप पनि टोलीमा



अ+ अ-

काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपालले बलिङ गर्ने भएको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको टस जितेर नेपालले पहिला बलिङ रोजेको हो । आजको खेलमा तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेलाई राखिएको छ ।

लिग २ मा यसअघि लगातार पाँच जित निकालेको नेपाल आजको खेलमा यूएईलाई पराजित गर्दै आफ्नो जितलाई निर्न्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो ।

नेपाल २९ खेलमा १३ जित र १४ हारसहित २८ अंक गरी अंकतालिकाको छैटौं स्थानमा छ । यता, युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने,