१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको भविष्य संघीय निजामती र प्रहरी ऐनमा निर्भर– उपेन्द्र यादव



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारको भविष्य निर्धारण संघीय निजामती ऐन र प्रहरी समायोजन ऐनसँग हुने बताउनुभएको छ ।

संघीय सरकारले तत्काल यी दुई विधेयक पारित गनुपर्ने उहाँको भनाइ छ । बुधबार जनपुरधाममा मधेश प्रज्ञा प्रतिष्ठानको उद्घाटन गर्दै अध्यक्ष यादवले संघीय निजामती ऐन यथाशीघ्र पासर गरेर प्रदेश कर्मचारीतन्त्र स्थापित गर्नुपर्ने र प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र स्रोत साधन नहुँदा प्रदेश सरकारले चाहेअनुसारको काम गर्न नसकेको बताउनुभयो । संघीयता र लोकतन्त्रको विकल्प एकात्मक प्रणाली हुन नसक्ने उहाँको भनाइ थियो ।