२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनबाट ८५ तोला सुन र हिराका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । चितवनबाट ८५ तोला सुन र हिराका गरगहनासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सुनका गरगहना ६३.९८९ तोला र हिरा जडित गरगहना २२.८७८ तोलासहित प्रहरीले भारत उत्तर प्रदेशका ४३ वर्षीय विनोद प्रसाद, पश्चिम बंगालका ५१ वर्षीय गणपतकुमार तोसावर र सोही ठाउँका नरेश वर्मा पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत डब्लूबी १२ एभी ५५६६ नम्बरको नेक्सन कारलाई रोकेर खानतलासी गर्दा यात्रु बस्ने सीटमुनि, गियर बक्सभित्र र एयर फिल्टरभित्र गरगहना लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।