१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

ख्यालठट्टाका नाममा मानसिक हैरानी दिने ‘युट्युबर’ पक्राउ



अ+ अ-

काठमाडौँ । ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक–मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका–४ आदर्शटोलका २७ वर्षीय आकाश सेढाइँलाई कौशलटार, भक्तपुरबाट पक्राउ गरिएको छ । 

प्रचलित कानुनको वर्खिलाप निजले ख्यालठट्टाका नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक तनाब हुने गोप्य भिडियो ‘युट्युब च्यानल’मा राखेकाले मङ्गलबार पक्राउ गरी आज जिल्ला अदालत काठमाडौंबाट सात दिन थप अनुसन्धानको अनुमति लिइएको प्रहरी प्रधान कार्यालय ‘साइबर ब्यूरो’ले जनाएको छ । 
 
सरकारले गत माघ १३ गते सार्वजनिक स्थलमा खिचिएका प्राङ्क भिडियो सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्नेलाई कारवाहीको दायरमा ल्याउने घोषणा गरेसँगै साइबर ब्यूरो सक्रिय भएको हो ।
 
गृहमन्त्रालयले सार्वजनिक स्थलहरूमा छायाङ्कन गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरेको थियो ।(रासस)