• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ओलीको असन्तुष्टिः सरकारले सत्तारुढ दलहरुसँग परामर्श नगरी बजेट ल्यायो ★   यी हुन् टी–२० विश्वकप जित्ने मुख्य तीन दावेदार ★   सलमान चढेको कारमा हमलाको प्रयास, ४ जना पक्राउ ★   सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर ★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान

टर्किएमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते



एजेन्सी । पूर्वी टर्किएमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् ।

तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान गएको टर्किएले शोकबाट नबौरिदै फेरि अर्को धक्का ब्यहोरेको छ ।

भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिल्युर्ट जिल्लामा रहेको थियो जहाँ यसअघि नै फेब्रुअरी ६ मा शक्तिशाली भूकम्प गएको थियो। यस अघिको भूकम्पबाट क्षतिग्रस्त भएका २५ वटा भवन सोमबारको भूकम्पले ध्वस्त भएको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ ।

फेब्रुअरी २० मा दक्षिणी टर्किएको हाते प्रान्तमा गएको अर्को दुईनटा भूकम्पमा छ जनाको ज्यान गएको थियो ।