३ भाद्र २०८३, बुधबार
,
Latest
किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी जीपीएसमा जोडिए ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टूः नेपाल र पिएनजी भिड्दै



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ ।

नेपाल र पिएनजीबीचको खेल नेपाली समय अनुसार मध्यान्ह ११ः४५ बजे दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल लिग–२ मा लगातार पाँचौं जित निकाल्ने सोचका साथ मैदान उत्रनेछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् भने पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रनेछ । २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा रहेको नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ । यस्तै, शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा पाँच खेल जित्नुपर्ने हुन्छ ।

२८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा रहेको पपुवा न्युगिनी भने क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ । नेपाल, पपुवा न्युगिनी र युएईबीचको त्रिकोणात्मक सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने भएपनि खेल्न योग्य संरचना नभएपछि युएईमा सारिएको हो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि समेत रहेको छ ।

गत वर्ष भएको लिग टू शृङ्खलामा नेपालले पिएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पिएनजीबीचको दुई खेलको शृङ्खला भने पिएनजीले जितेको थियो ।

नेपाल र पिएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृङ्खला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १५१ रनले हराएको थियो । लिग टू मा तीनवटै टिम आफ्नो आठौं शृङ्खला खेल्दैछन् । यसपछि नवौँ तथा लिग टूको अन्तिम शृङ्खला नेपालमा लगत्तै हुनेछ ।

नेपालले यसै साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सबै चारै खेल जितेको थियो ।