२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टूः नेपाल र पिएनजी भिड्दै



अ+ अ-

काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ ।

नेपाल र पिएनजीबीचको खेल नेपाली समय अनुसार मध्यान्ह ११ः४५ बजे दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । नेपाल लिग–२ मा लगातार पाँचौं जित निकाल्ने सोचका साथ मैदान उत्रनेछ ।

नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् भने पपुवा न्युगिनी असाद भालाको कप्तानीमा मैदान उत्रनेछ । २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा रहेको नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ । यस्तै, शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा पाँच खेल जित्नुपर्ने हुन्छ ।

२८ खेलमा २ मा जित र २५ मा हारसहित पुछारमा रहेको पपुवा न्युगिनी भने क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ । नेपाल, पपुवा न्युगिनी र युएईबीचको त्रिकोणात्मक सिरिज पपुवा न्युगिनीमा हुनुपर्ने भएपनि खेल्न योग्य संरचना नभएपछि युएईमा सारिएको हो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि समेत रहेको छ ।

गत वर्ष भएको लिग टू शृङ्खलामा नेपालले पिएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । तर लगत्तै नेपालमा भएको नेपाल र पिएनजीबीचको दुई खेलको शृङ्खला भने पिएनजीले जितेको थियो ।

नेपाल र पिएनजीबीच २०२१ सेप्टेम्बरमा ओमानमा पहिलो पटक दुई पक्षीय ओडिआई शृङ्खला भएको थियो । जसमा नेपालले दुवै खेल जितेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेटले र दोस्रो खेलमा १५१ रनले हराएको थियो । लिग टू मा तीनवटै टिम आफ्नो आठौं शृङ्खला खेल्दैछन् । यसपछि नवौँ तथा लिग टूको अन्तिम शृङ्खला नेपालमा लगत्तै हुनेछ ।

नेपालले यसै साता घरेलु मैदान टियुमा नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा सबै चारै खेल जितेको थियो ।