४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

युरो २०२०: २९ वर्षपछि डेनमार्क सेमिफाइनलमा

युरो २०२०: २९ वर्षपछि डेनमार्क सेमिफाइनलमा
अ+ अ-

बाकु । युरो २०२० को शनिबार भएको खेलमा पहिलो हाफमा गरेका दुई गोलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको छ । डेनमार्क सन् १९९२ को युरोको विजेता पनि हो । त्यसयता २९ वर्षको अन्तरमा डेनमार्क पहिलोपल्ट सेमिफाइनल पुग्न सफल रह्यो ।

डेनमार्कको लागि थोमस डेलानीले पाँचौं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । जेन्स स्टेगरको कर्नरमा अनमार्क रहेका डेलानीले हेडबाट गोल गरे । डेनमार्कको दोस्रो गोल कास्पर डोलबर्गको नाममा रह्यो । उनले जोकिम माहेलको क्रसलाई पोस्टका दिशा दिए । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।

उनले ४९औं मिनेटमा भ्लादिमिर कोफलको क्रसलाई चलाखीपूर्ण ढंगले गोलमा परिणत गरे । यो उनको प्रतियोगितमा पाँचौं व्यक्तिगत गोल रह्यो । यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा संयुक्त रूपमा उक्लेका छन् । पोर्चुगलको क्रिस्टियानो रोनाल्डोले पनि समान पाँच गोल गरेका छन् ।

डेनमार्क लिगका सुरुआती दुई खेल गुमाएर पनि नकआउट चरण प्रवेश गरेको हो । डेनमार्क यस्तो उपलब्धि हात पार्ने युरो इतिहासकै एक मात्र टिम बनेको छ । अन्तिम १६ मा भने उसले वेल्सलाई हराएको थियो ।