२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमाथि जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश



अ+ अ-

रोम । शनिबार युरो २०२० मा भएको खेलमा इंग्ल्यान्डले युक्रेनमाथि युरो ४–० को जित निकाल्दै सेमिफाइनल यात्रा निश्चित गरेको छ । इंग्ल्यान्डको एकपक्षीय जितमा केनले चौथो मिनेटमा गोलको खाता खोलेको थियो ।

पहिलो हाफमा ह्यारी म्याकग्वेर र केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले चौथो गोल गरे । अब मंगलबार वेम्बलीमा हुने सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ ।

 इंग्ल्यान्डले सन् १९६६ को विश्वकपका रूपमा पहिलो ठूलो उपाधि जितेको थियो । त्यसयता इंग्ल्यान्ड युरोको इतिहासमा सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो ।