• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo
Latest
★   तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रह बस्ने धम्की ★   महिन्द्र राय यादवको आरोपः बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो ★   ओलीप्रति माधव नेपालको टिप्पणीः अरुलाई चुनौति दिने काम नगरौँ ★   नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य ★   चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते ★   शिक्षाध्यक्ष प्रा डा खड्ग केसीलाई सम्मान ★   भुर्तेल लगातार दोस्रो खेलमा डक आउट ★   गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी ★   एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएको ६ प्रतिवेदनमा के–के छ ? (पूर्णपाठ) ★   हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

ती व्यक्ति जसले २२ वर्ष लगाएर एक्लै पहाड फुटाइ बाटो बनाए



एजेन्सी । भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर छाडेर धनबादको कोइला खानीमा काम गर्न थाले ।

उनले घर फर्किएसँगै गाउँकै फाल्गुनी देवीसँग बिहे गरे । उनको गाउँसँगै ठूलो पहाड थियो । जसले हिँडडुल गरेर अन्य ठाउँमा जान अवरोध गरेको थियो ।

जब उनलाई खाना लिएर जाँदै गर्दा त्यस पहाडमा पत्नि लडिन् र उनको मृत्यु भयो । उनलाई यदि अस्पताल पुर्याउन सकेको भए उनको उपचार हुन्थ्यो र उनले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । तसर्थ दशरथ माझीले एक्लै आफ्नो बलले पहाडको बीचबाट बाटो निकाल्ने सङ्कल्प गरे । उनले एक्लै केबल हथौडा र गलको भरमा पहाड फोर्न सुरु गरे ।

करीब २२ वर्ष लगाएर उनी सफल बने । उनलाई काम सुरु गर्दा सबैले पागल भन्ने गर्थे । कसैले विश्वास गरेनन् की केबल एक व्यक्तिले हथौडा र गलको भरमा पहाड फुटाएर बाटो बनाउन सक्छ । उनले ३६० फुट लामो ३० फुट चौडाई र २५ फुट उचाई रहेको पहाडलाई फोरेर एक सडक निर्माण गरे । उनले पहाड फोरेर गयाको अतरी र वजीरगञ्जको ८० किलोमिटरको दूरीलाई केवल १३ किलोमिटरको दूरी बनाए ।

सन् २००७ मा उनको मृत्यु भयो । तर उनको नाम सधैँभरी रहन गयो । उक्त बाटोमा ‘माझी पथ’ भनी लेखिएको छ । उनको जीवनीमा आधारित रहेर थुप्रै डकुमेन्ट्री पनि बनेको छ । यसैगरि उनकै जिवनीमा आधारित ‘माझी द माउन्टेन म्यान’ नामक बलिउड फिल्म निर्माण भएको छ ।