६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ती व्यक्ति जसले २२ वर्ष लगाएर एक्लै पहाड फुटाइ बाटो बनाए



अ+ अ-

एजेन्सी । भारतको बिहारस्थित गेहलौर गाउँमा सन् १९२९ मा मुसहर परिवारमा जन्मिएका थिए दशरथ माझी । उनी सानै उमेरमा घर छाडेर धनबादको कोइला खानीमा काम गर्न थाले ।

उनले घर फर्किएसँगै गाउँकै फाल्गुनी देवीसँग बिहे गरे । उनको गाउँसँगै ठूलो पहाड थियो । जसले हिँडडुल गरेर अन्य ठाउँमा जान अवरोध गरेको थियो ।

जब उनलाई खाना लिएर जाँदै गर्दा त्यस पहाडमा पत्नि लडिन् र उनको मृत्यु भयो । उनलाई यदि अस्पताल पुर्याउन सकेको भए उनको उपचार हुन्थ्यो र उनले अकालमा ज्यान गुमाउनु पर्दैनथ्यो । तसर्थ दशरथ माझीले एक्लै आफ्नो बलले पहाडको बीचबाट बाटो निकाल्ने सङ्कल्प गरे । उनले एक्लै केबल हथौडा र गलको भरमा पहाड फोर्न सुरु गरे ।

करीब २२ वर्ष लगाएर उनी सफल बने । उनलाई काम सुरु गर्दा सबैले पागल भन्ने गर्थे । कसैले विश्वास गरेनन् की केबल एक व्यक्तिले हथौडा र गलको भरमा पहाड फुटाएर बाटो बनाउन सक्छ । उनले ३६० फुट लामो ३० फुट चौडाई र २५ फुट उचाई रहेको पहाडलाई फोरेर एक सडक निर्माण गरे । उनले पहाड फोरेर गयाको अतरी र वजीरगञ्जको ८० किलोमिटरको दूरीलाई केवल १३ किलोमिटरको दूरी बनाए ।

सन् २००७ मा उनको मृत्यु भयो । तर उनको नाम सधैँभरी रहन गयो । उक्त बाटोमा ‘माझी पथ’ भनी लेखिएको छ । उनको जीवनीमा आधारित रहेर थुप्रै डकुमेन्ट्री पनि बनेको छ । यसैगरि उनकै जिवनीमा आधारित ‘माझी द माउन्टेन म्यान’ नामक बलिउड फिल्म निर्माण भएको छ ।