२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दैनिक २.३४ प्रतिशत कोभिड–१९ सङ्क्रमित



अ+ अ-

नयाँ दिल्ली । भारतमा पछिल्लो पटक कोरोनाभाइरसका दैनिक सङ्क्रमितको सङ्ख्या २.३४ प्रतिशत रहेको पाइएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३ हजार ७१ जना सङ्क्रमित थपिएका छन् ।    

लामो समयपछि एक दिनमा ५० हजारभन्दा कम सङ्क्रमित भएको यो आठौँ पटक हो, मन्त्रालयका एक अधिकारीले भने । भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७।०९ रहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 

पछिल्लो एक दिनमा देशभरी कुल ५२ हजार २९९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पाइएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने चार लाख ८५ हजार ३५० रहेको छ । 

पछिल्लो एक हप्तामा भारतमा थप नयाँ सङ्क्रमितहरुको सङ्ख्या २।४४ प्रतिशत रहेको छ, भने दैनिक सङ्क्रमितहरुको सङ्ख्या २.३४ प्रतिशत रहेको छ, मन्त्रालयले भनेको छ ।  

भारतमा एक दिनमा १८ लाख ३८ हजार ४९० जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४१ करोड ८२ लाख ५४ हजार ९५३ पुगेको छ । (रासस-एएनआई)