२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा तीन तलाबाट खसेर महिलाको ज्यान गयो



अ+ अ-

भक्तपुर । तेस्रो तलाको भर्‍याङबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ लोकन्थली रमाइलो चोकको एक घरको तेस्रो तलाबाट खसेर महिलाको निधन भएको हो । 

मृत्यु हुनेमा निर्माणाधीन घरमा काम गर्न बसेकी सिन्धुली दुधौलीकी ३० वर्षीया लीला सदा रहेकी छन् । 

उनको शनिबार राति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार बेलुकी खाना खाएर उनी छतमा सुत्न भनेर गएकी थिइन्।

त्यही क्रममा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट अचानक भुइँतलामा खसेर उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।