२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले सन्दीपलाई विदेश जाने अनुमति दिएन



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेले विदेश जान अनुमति दिएन । बिदेश जान लगाइएको रोक हटाउन हालेको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ पछि ईजलासले यस्तो आदेश दिएको हो ।

ईजलासले सन्दीपलाई धरौटीमा छाड्ने आदेश विरुद्ध सरकारले दिएको पुनरावेदन साथै यो मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान रोक लगाएको थियो । त्यही कारण आइसीसी विश्वकप लिग–२ को युएईमा हुने त्रिकोणात्मक शृंखला खेल्न उनी युएई जान नपाउने भएकाले उक्त रोक हटाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले पुनरावेदन दिएको थियो र उक्त मुद्दाको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र हरिप्रसाद फुयालको इजलासमा तोकिएको थियो । तर यो रिट भने शुक्रबार हेर्न नभ्याइनेमा परेको छ ।