९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्लिम बन्ने बाहानामा नगर्नुहोस् यी सात गल्ती



अ+ अ-

काठमाडौं । स्लिम बन्न कसलाई मन नहोला रु सबै स्लिम र आर्कषक शरीर चाहान्छन् । तर स्लिम बन्न सजिलो भने छैन । अझ स्लिम बन्ने बहानामा निम्न गल्ती गर्नु हुँदैन ।

१) खाना घटाउने
स्लिम बन्ने बहानामा अधिकांश मानिसले गर्ने एउटै साझा उपाय हो, खाना कम खाने । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको घट्छ । जसका कारण शरीर निरोगी र बलियो बन्न पाउँदैन । यसले उल्टै अनेकौं रोग निम्त्याउँछ ।

२) खाजामा जुस खाने
बिहानको खाजा खादाँ मोटाइने डरले धेरै मानिस डायटिङका नाममा एक ग्लास जुस पिउँछन् । तर भइदिन्छ उल्टो । जुस पिउँदा रगतमा सुगरको मात्रा बढ्दछ, जसले अतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ र झन भोक लाग्छ र मानिस झन् खान थाल्दछ ।

३) अनावश्यक चिन्ता
दुब्लाउने सोचमा रहेकाहरु चाहाना अनुसार घट्न नसक्दा अनावश्यक चिन्ता लिन्छन् । तर बुझ्नु पर्ने कुरा के हो भने, डायटिङ गर्न थालेको २ सातामा ह्वातै वजन घट्छ त्यसपछि वजन घट्ने क्रम कम हुन्छ । त्यसैले चिन्ता लिन छाड्नुस् डाइटिङ जारी राख्नुहोस् ।

४) निन्द्रा कम हुनु
धेरै सुत्यो भने झन् वजन बढ्छ भन्ने भ्रमका कारण मानिसहरु कम सुत्छन् । तर, स्लिम शरीरकालागि पर्याप्त निद्रा आवश्यक पर्दछ । साथै अनिद्राले भोकको स्तर निर्धारण गर्दछ । अर्थात्, कम सुतेमा बढी भोक लाग्छ र वजन घट्नुको सट्टा उल्टो बढ्दछ ।

५) व्यायाममा भ्रम
सधैँ एकैखालको व्यायाम गरेर सोचेजति स्लिम बन्न सकिँदैन । अझ व्यायाम थप्दै नगए पनि दुब्लाउन सकिदैँन । साथै व्यायामको सन्तुलन मिलाउन नसक्दा पनि दुब्लाइदैन । र सबैभन्दा मुख्य कुरा व्यायाममा अल्छि गर्नेहरु कहिल्यै दुब्लाउन सक्दैनन् ।

६) फ्याट वा सुगर फ्री खाना
बजारमा पाइने फ्याटफ्री वा सुगर फ्री खाद्य परिकार खाएर स्लिम बन्ने चाहाना छ भने यो भ्रम हो । यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक अझ बढाउँछ । जसले खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ ।

७) खाना खादाँ यि गल्ती
अहिले अधिकाशं मानिले खाना खादाँ गर्ने गल्ती भनेको, रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुरा गर्ने, कुनै वाचन सुन्ने वा मोवाइल हेर्ने गर्दछन् । तर खाना खादाँ यसरी मन डुलाएर खाएमा थाहै नपाई बढी खाइन्छ र झन् मोटाइन्छ । (एजेन्सीको सहयोगमा)