५ पुष २०८२, शनिबार
,
Latest
महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्लिम बन्ने बाहानामा नगर्नुहोस् यी सात गल्ती



अ+ अ-

काठमाडौं । स्लिम बन्न कसलाई मन नहोला रु सबै स्लिम र आर्कषक शरीर चाहान्छन् । तर स्लिम बन्न सजिलो भने छैन । अझ स्लिम बन्ने बहानामा निम्न गल्ती गर्नु हुँदैन ।

१) खाना घटाउने
स्लिम बन्ने बहानामा अधिकांश मानिसले गर्ने एउटै साझा उपाय हो, खाना कम खाने । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको घट्छ । जसका कारण शरीर निरोगी र बलियो बन्न पाउँदैन । यसले उल्टै अनेकौं रोग निम्त्याउँछ ।

२) खाजामा जुस खाने
बिहानको खाजा खादाँ मोटाइने डरले धेरै मानिस डायटिङका नाममा एक ग्लास जुस पिउँछन् । तर भइदिन्छ उल्टो । जुस पिउँदा रगतमा सुगरको मात्रा बढ्दछ, जसले अतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ र झन भोक लाग्छ र मानिस झन् खान थाल्दछ ।

३) अनावश्यक चिन्ता
दुब्लाउने सोचमा रहेकाहरु चाहाना अनुसार घट्न नसक्दा अनावश्यक चिन्ता लिन्छन् । तर बुझ्नु पर्ने कुरा के हो भने, डायटिङ गर्न थालेको २ सातामा ह्वातै वजन घट्छ त्यसपछि वजन घट्ने क्रम कम हुन्छ । त्यसैले चिन्ता लिन छाड्नुस् डाइटिङ जारी राख्नुहोस् ।

४) निन्द्रा कम हुनु
धेरै सुत्यो भने झन् वजन बढ्छ भन्ने भ्रमका कारण मानिसहरु कम सुत्छन् । तर, स्लिम शरीरकालागि पर्याप्त निद्रा आवश्यक पर्दछ । साथै अनिद्राले भोकको स्तर निर्धारण गर्दछ । अर्थात्, कम सुतेमा बढी भोक लाग्छ र वजन घट्नुको सट्टा उल्टो बढ्दछ ।

५) व्यायाममा भ्रम
सधैँ एकैखालको व्यायाम गरेर सोचेजति स्लिम बन्न सकिँदैन । अझ व्यायाम थप्दै नगए पनि दुब्लाउन सकिदैँन । साथै व्यायामको सन्तुलन मिलाउन नसक्दा पनि दुब्लाइदैन । र सबैभन्दा मुख्य कुरा व्यायाममा अल्छि गर्नेहरु कहिल्यै दुब्लाउन सक्दैनन् ।

६) फ्याट वा सुगर फ्री खाना
बजारमा पाइने फ्याटफ्री वा सुगर फ्री खाद्य परिकार खाएर स्लिम बन्ने चाहाना छ भने यो भ्रम हो । यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक अझ बढाउँछ । जसले खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ ।

७) खाना खादाँ यि गल्ती
अहिले अधिकाशं मानिले खाना खादाँ गर्ने गल्ती भनेको, रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुरा गर्ने, कुनै वाचन सुन्ने वा मोवाइल हेर्ने गर्दछन् । तर खाना खादाँ यसरी मन डुलाएर खाएमा थाहै नपाई बढी खाइन्छ र झन् मोटाइन्छ । (एजेन्सीको सहयोगमा)