२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको संरक्षक राष्ट्रपतिबाटै संविधानको उल्लंघन भयोः वरिष्ठ अधिवक्ता खरेल



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता श्याम खरेलले संविधानको संरक्षक  राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सभामुखको तर्फबाट बहस गरेका अधिवक्ता खरेलले राष्ट्रपतिले संविधानको धारा ७६(४) अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन सक्दिन भनेकाले ७६(५)को दाबीले मान्यता पाउँदैन भन्न सक्नुपर्नेमा त्यसो नगरेकाले राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको उल्लेख गरेका हुन् ।

७६(३)को प्रधानमन्त्रीले ७६(४) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ । लिखित जवाफमा विश्वासको मत लिन सक्दिन भनेको छ । यो मोरालिटीको पनि कुरा हो, ‘७६(४) लाई छल्न पाइँदैन । गयो भने पद जान्छ भनेर संसद छलेर मार्गप्रशस्त गरे भनियो फेरि दाबी गर्न ७६(५) मा जानुभो ।’उनले भने ।

खरेलले ७६(३) को प्रधानमन्त्री ओली ७६(४) मा जानैपर्ने भन्दै त्यसो नगर्दा राष्ट्रपतिले मिल्दैन भने रोक्नुपर्ने उनको तर्क छ ।