काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २५ सय ५२ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या २७ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८७६ जनाको पिसिआर र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरी ८ हजार १३२ परीक्षण गरिएको थियो ।
नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४४ हजार ६२२ जनामा र एन्टिजेन परीक्षणबाट ३८ हजार ११७ जनामा कोरोना संक्रमण पाइएको छ ।
त्यसमध्ये ६ लाख ९ हजार २१८ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार २२५ जनाको मृत्यु भएको छ ।