२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह



अ+ अ-

काठमाडौं । कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन ।

साताको पहिलो दिन आइतबार भएको शेयर कारोवारमा होटल तथा पर्यटन उपसमूहको शेयरमा उल्लेख्य वृद्धि भएको छ । कूल १३ उपसमूहमध्ये आज १० उपसमूहको शेयर ओरालो लाग्दा तीन उपसमूहको शेयर भने उकालो लागेको छ । उकालो लागेकामध्ये सबैभन्दा बढी कमाउनेमा होटल तथा पर्यटन उपसमूह रहेको छ । सो उपसमूहको शेयर ८६.३८ बिन्दुले उकालो लागेको छ ।

ओरियण्टल होटलको मात्रै आज प्रतिकित्ता रु ५७ ले वृद्धि भई रु ७३० मा कारोबार भएको छ । यस्तै, नेप्से ओरालो लागे पनि अन्य उपसमूह १५.०१ र सामूहिक लगानी कोष ०।०२ बिन्दुले उकालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.४८ बिन्दुले घटेर दुई हजार ८३४.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३३ बिन्दुले घटेर ५२८.४५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकम समेत घटेको छ । कूल २२४ कम्पनीको एक करोड आठ लाख ४२ हजार २२१ कित्ता शेयर रु पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार २५७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.९, व्यापार १७.६२, विकास बैंक ४५.४६, जलविद्युत् ३.३५, वित्त ३९.२६, निर्जीवन बीमा ११९.७९, उत्पादन २४.४२, लघुवित्त २५.८६, जीवन बीमा ४४.९९ र लगानी ०.४५ बिन्दुले ओरालो लागेको छ ।

कारोवार भएकामध्ये नेपाल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ५७ लाख १६ हजार ५८९ बराबरको कारोवार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ४६ लाख ५८ हजार, माथिल्लो तामाकोशी रु १६ करोड २४ लाख ४२ हजार ७३८, हिमालयन डिस्टिलरी रु १३ करोड ६४ लाख ६९ हजार ५११ र नेशनल हाइड्रोपावर रु १३ करोड ३४ लाख १६ हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
 
यस्तै, गुडबिल फाइनान्सको ऋणपत्रको मूल्यमा  १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ओरियण्टल होटल ८.४७, सिइडिबि हाइड्रोपावर ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६ र नेपाल फाइनान्सका शेयरधनीले ४.०३ प्रतिशतले कमाए । त्यस्तै, माछापुच्छ्रे बैंकको ऋणपत्र ५.३८, एसबिआई बैंकको ऋणपत्र ५.३६, पोखरा फाइनान्स ४.४७, गुर्खाज फाइनान्स ४.२६ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ४.१८ प्रतिशतले गुमाएका छन् ।