२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने भएको छ । 

एकैदिनमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने अवस्था भएमा सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गरि सिफ्टवाइज परीक्षा सञ्चालन गर्न सकिने बताइएको छ ।

गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता क्रियाकलाप गर्नैपर्ने भएमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।