२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी शर्तसहित काठमाडौं सबै यातायात चलाउन छुट



अ+ अ-

काठमाडौं  । काठमाडौं उपत्यकामा सरकारले शर्तसहित जोर बिजोर प्रणाली हटाएको छ । सरकारले सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको हो । 

उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सार्वजनिक तथा नीजि सवारी साधन सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने शर्तमा सवारी साधन सञ्चालन हुने भएका छन् ।

यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने  र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित सवारी साधनको जोर बिजोर प्रणाली हटाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।  

त्यस्तै अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने उनले बताए । 

त्यस्तैगरी २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने भएको छ ।