२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक सुटुक्क भीमबहादुर रावल बालुवाटारमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका  नेता भीमबहादुर रावल बालुवाटार पुगेका छन् । नेता रावल आइतबार साँझ प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । 

यसअघि प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि आग्रह गरेका थिए । स्रोतका अनुसार पार्टीभित्रको विवाद समाधानबारे वार्ता गर्न प्रधानमन्त्री ओलीले माधवकुमार नेपालका विश्वासपात्र रावललाई बोलाएका हुन् । 

एमाले केन्द्रीय कमिटीको बैठकले विपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा दायर गरेको रिटमा समावेश नेपाल समूहका २३ सांसदको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिएको छ । 

पार्टीले दिएको अल्टिमेटम सकिनु एकदिन बाँकी छँदा रावललाई वार्ताका लागि बोलाइएको हो । यसअघि शनिबार नेपाल समूहले सर्वोच्चमा बुझाइएको हस्ताक्षर फिर्ता नहुने बताइसकेको छ । 

नेपाल समूहका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताले प्रधानमन्त्री ओलीलाई नेता रावलसँग कुरा गर्न सुझाएको स्रोतको दाबी छ ।