२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्नीसँग बहस गर्नु बेकार, यस्तो छ कारण



अ+ अ-

काठमाडौं । झुटो बोलेर त्यसलाई प्रतिरक्षा गर्नका लागि पत्नीसँग बहस गर्नु बेकार भएको एक नयाँ अध्ययनले देखाएको छ । 

महिलाले कुनै विशेष घटना वा वस्तुलाई पुरुषले भन्दा राम्रोसँग सम्झन सक्ने अध्ययनको दाबी छ । 

कुनै संवादका विशेष कुरा वा हराएको कुनै सामान कहाँ हुनसक्छ भन्ने कुरा महिलाले बढी राम्ररी सम्झिन सक्छन् किनकि उनीहरूको एपिसोडिक मेमोरी हुन्छ । 

एपिसोडिक मेमोरी भन्नाले गत साता के भएको थियो वा बिरालोलाई बिहान दूध दिएको हो कि हैन भनी सम्झन सक्ने शक्ति हो ।  

यो अत्यन्तै संवेदनशील स्मरण प्रणाली हो र निद्राको अभाव, अवसाद वा उमेर बढ्दै जाँदा यसमा असर पर्न सक्छ । 

महिलाले पुरुषभन्दा बढी अनुहार सम्झने गन्ध लगायत इन्द्रियजन्य स्मरण गर्न सक्ने क्षमता राख्छन्, अध्ययनको निष्कर्ष छ । 

स्विडेनको कारोलिन्स्का इन्स्टिट्युटेटका मार्टिन एस्परहोमले अध्ययनको नेतृत्व गरेका हुन् । उनले भने, ‘एपिसोडिक मेमोरीका सन्दर्भमा महिला पुरुषभन्दा केही अघि छन् र के वस्तु सम्झनुपर्ने हो भन्ने विषयमा उक्त फाइदा निर्भर रहन्छ ।’

अनुसन्धान समूहले सन् १९७३ देखि २०१३ सम्म गरिएका ६१७ समूहमा गरिएको अध्ययनबाट निष्कर्ष निकालेका हुन् । उक्त अवधिमा १२ लाखभन्दा बढी मानिसमाथि अध्ययन गरिएको थियो । 

पुरुष र महिलाबीच ज्ञान तथा स्मरणका विषयमा भिन्नता सानो रहेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ । तर आफूहरूको बृहद् अध्ययनले स्मरण र लिंगका सम्बन्धमा नयाँ प्रश्न जन्माउने आशा उनीहरूले गरेका छन् ।