• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

राष्ट्रपतिमा हाम्रो दाबी छ: सांसद प्रकाश ज्वाला(भिडियोसहित)



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताउनु भयो । उहाँले नेपालले संविधान निर्माणमा खेलेको भुमिका, देशको निम्ति गरेको योगदानका कारण उहाँको चर्चा हुनु स्वभाविक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीका अध्यक्ष वा हाम्रो पार्टीका नेता राष्ट्रपतिका निम्ति योग्य हुनुहुन्न भन्ने कुरा पनि भएन । त्यसका निम्ति योग्य नै हुनुहुन्छ । पटक–पटक प्रधानमन्त्री भएर अनुभव गरेका व्यक्तिहरु, संविधान निर्माणमा भुमिका खेलेका व्यक्तिहरु र लामो राजनीतिक इतिहास भएकाहरु, राष्ट्रका निम्ति धेरै ठूलो योगदान गरेका व्यक्तिहरु हुनुहुन्छ, त्यसैले उहाँहरुको चर्चा हुने कुरा पनि स्वभाविक हो । र त्यसमा हाम्रो दाबी रहने कुरा पनि स्वभाविक हो । त्यसैले जुन हैसियत हाम्रो नेताहरुको छ, त्यो हैसियत अनुसार र अहिले जुन पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौँ भन्ने विषय छलफलमा छ, त्यस हिसावले हेर्‍यो भने राष्ट्रिय सहमति जुट्न सक्ने उपयुक्त दल वा उपयुक्त पात्र पनि हाम्रो पार्टीकै नेता हुन सक्छन् भन्ने हिसावले यसमा पनि हामी ओपन नै छौँ ।’

उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त दल आफूहरु भएको र उपयुक्त पात्र पनि अध्यक्ष माधवकुमार नेपाल भएको बताउनु भयो ।