५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढो हुँदै गरेको मस्तिष्कलाई जवान र चुस्त बनाउन यसो गर्नुस्



अ+ अ-

एजेन्सी । एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर भर्‍याङ सिंडी चढ्ने बानीबसाल्नु पर्ने देखाएको छ ।

क्यानडामा गरिएको सो अध्ययनले बृद्ध मानिसको मस्तिष्क चनाखो, चुस्त र जवान बनाउन नियमित अध्ययन जतिकै शारीरिक व्यायमलाई पनि ध्यानदिनु पर्ने जनाएको हो । कोन्कोर्डिया यूनिभर्सिटी अफमोर्नट्रयलका अनुसन्धान प्रमुख ज्यासोन स्टेफ्नर भन्छन्, ‘मस्तिष्कको स्वास्थ्य र भर्‍याङ वा सिंढी चढ्ने जस्तो सममान्य क्रियाकलापमा यस्तो सम्वन्ध भेटिनु खुसीको कुरा हो ।’

अनुसन्धानकर्ताले १९ देखि ७९ उमेर समूहका ३३१ स्वस्थ मानिसको मस्तिष्कको एम.आर.आई। (स्क्यान) गरेका थिए । सो क्रममा अध्ययन अध्यापनमा समय बिताउने र सिंडी तथा भर्‍याङको प्रयोग गर्ने व्यक्तिहरुको बौद्धिक क्षमता अन्यको भन्दा बढी रहेको अध्ययनले देखियो ।

अध्ययन अध्यापनमा ध्यानदिने व्यक्तिको मस्तिष्कको उमेर अन्यको भन्दा एक वर्ष कम देखियो । त्यसै गरी हरेक दिन कम्तिमा एक पटक सिंडी चढ्ने ब्यक्तिको मस्तिष्कको उमेर लिफ्टरएलिभेटर प्रयोग गर्नेको भन्दा ६ महिना कम रहेको पाईयो । यो अध्ययन न्यूरो बायोलोजि अफ एजुकेसनमा प्रकाशित छ ।