९ भाद्र २०८३, मंगलवार
,
Latest
१५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ शरीरमा काँडा आउनुको कारण, जान्नुहोस्



अ+ अ-

काठमाडौं । जाडोको बेला होस् या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विविरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौँ । यस्तो काँडा किन उठ्ने गर्छ भन्ने कमैलाई मात्र थाहा होला ।

बेलायतका एक सोधकर्ता डा. डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।

डा. डेनियल भन्छन, “जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ । यसले रौँको फेदमा रहेको स साना मांसपेशी खुम्च्याईदिन्छ । जसबाट रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छ । त्यसैलाई नै हामीले काँडा उठेको भन्ने गर्छौ ।”

यस्तो काँडा मानिसमा मात्रै होइन जनावरमा पनि देखिने गर्छ । तर उनीहरुको शरीरमा हुने रौँले गर्दा हामी देख्न सक्दैनौ । जनावरहरु जब खतराको महसुस गर्छन तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन् ।

जनावरहरुमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्छ । तर मानिसमा जनावरमा जस्तो बाक्लो रौँ नहुनाले काँडा उठेर पनि कुनै फाइदा नहुँने डेनियलको तर्क छ । उनी भन्छन्, मानिसमा काँडा उठेर न न्यानो हुन्छ न त दुस्मननै भगाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)