५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ,सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ शरीरमा काँडा आउनुको कारण, जान्नुहोस्



अ+ अ-

काठमाडौं । जाडोको बेला होस् या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विविरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौँ । यस्तो काँडा किन उठ्ने गर्छ भन्ने कमैलाई मात्र थाहा होला ।

बेलायतका एक सोधकर्ता डा. डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।

डा. डेनियल भन्छन, “जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ । यसले रौँको फेदमा रहेको स साना मांसपेशी खुम्च्याईदिन्छ । जसबाट रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छ । त्यसैलाई नै हामीले काँडा उठेको भन्ने गर्छौ ।”

यस्तो काँडा मानिसमा मात्रै होइन जनावरमा पनि देखिने गर्छ । तर उनीहरुको शरीरमा हुने रौँले गर्दा हामी देख्न सक्दैनौ । जनावरहरु जब खतराको महसुस गर्छन तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन् ।

जनावरहरुमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्छ । तर मानिसमा जनावरमा जस्तो बाक्लो रौँ नहुनाले काँडा उठेर पनि कुनै फाइदा नहुँने डेनियलको तर्क छ । उनी भन्छन्, मानिसमा काँडा उठेर न न्यानो हुन्छ न त दुस्मननै भगाउन सकिन्छ । (एजेन्सीको सहयोगमा)