२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यविनायक नगरपालिकाको जङ्गलमा शव फेला



अ+ अ-

मध्यपुरथिमि । सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ । बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा शव जङ्गलमा फेला परेको प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 
    
महानगरीय प्रहरी वृत्त ठिमीले घटना र शवको प्रकृतिअनुसार हरियो ज्याकेट, सुन्तला रङ्गको कट्टु र कालो जुत्ता लगाएको, अन्दाजी ४० देखि ४२ वर्षको देखिने पुरुषको शव जङ्गलमा आइतबार भेटिएको प्रहरीले आज जानकारी दिएको छ । 

अन्दाजी एक साताअघि नै मृत्यु भएकाले शव सड्न थालेको र दुर्गन्धित अवस्थामा भेट्टाइएको हो । पहिचान भने भएको छैन । शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएर अनुसन्धान शुरु गरेको बताएको छ । रासस