• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

विदेशीको ट्विटमा हाम्रो राष्ट्रपतिबारे पढ्नु लाजमर्दो: रघुजी पन्त



काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले विदेशीको ट्विटमा नेपालमा के राष्ट्रपति बन्ने भन्नेबारे पढ्नुपर्ने अवस्था लाजमर्दो भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले आजसम्म कसैको अधीनमा नरहेको मुलुकको राष्ट्रपति निर्वाचअघि देखिएको गतिविधि अस्वाभाविक रहेको बताउनुभयो ।

उहाँले भारतीय विदेश सचिवले नेपाल आउँदा राष्ट्रपति, प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीहरुलाई भेटेकोप्रति रोष प्रकट गर्दै भन्नुभयो, “यो राष्ट्रिय सम्मानको कुरा हो, के हाम्रो विदेश सचिव जाँदा के यही ढंगको ट्रिट भारतमा पाउँछ ? ‘पाउँदैन भने नेपालले दक्षिण एसियाको आजसम्म कसैको गुलामी नगरेको, आजसम्म स्वतन्त्र रहेको र कहिले पनि पराधीन नरहेको यो देशको राष्ट्रपतिको नाम विदेशीको ट्विटमा हेर्नुपर्ने ?”

यही फागुन ८ गते भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिका लागि योग्य उम्मेदवार भनी देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, पूर्वसभामुख दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम ट्विटरमार्फत सुझाएका थिए । नेता पन्तले मुनीको उक्त ट्विटको आलोचना गर्दै भन्नुभयो, “हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादी लगायतको तीन चार जनाको नाम यिनीहरु नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर प्रस्तुत गर्छ, कस्तो दिन आयो ?”

राष्ट्रपति निर्वाचनअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि राजनीतिक दलका नेताहरुलाई भेट गर्नु गलत भएको उहाँको भनाइ थियो । उहाँले आगामी दिनमा विदेशीहरुको भेटघाट नियमित गर्न र मुलुकको स्वाभिमानका लागि तदारुकता देखाउन माग गर्नुभयो ।