• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

विश्वकप सबैको सपना हो, ट्रफी लिएर आउछौँ – कप्तान देव खनाल



काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले यूएईबाट विजेता ट्रफि लिएर फर्कने बताएका छन् ।

आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट खेल्न यूएई जानु अघि बिदाइ कार्यक्रममा बोल्दै कप्तान देवले राष्ट्रलाई गर्व गराउने फोकसमा टिम अघि बढेको बताएका हुन् ।

‘सबै कुराहरु राम्रो छ । पोखरामा क्याम्प भयो । तीन वटा अभ्यास खेल पनि खेल्यौं । समग्रमा टिम राम्रो रहेको छ । एयटा गोल लिएर गईरहेका छौ । राष्ट्रलाई गर्व गराउने यसैमा फोकस छ ।’, देवले भने, ‘मेन हाम्रो फास्ट बलिङ चै राम्रो रहेको छ । रनरअप हुनेत चान्स नै छैन हामी विजेता ट्रफि नै लिएर आउछौ ।सबैबाट राम्रो हुने आशा छ ।’

कप्तान देवले आफुमा ठूलो जिम्मेवारी रहेको बताए । उनले भनुमेरो भूमिका एकदम महत्वपूर्ण रहेको छ । म भनेको कप्तानको रुपमा रहेको सिनियर खेलाडी हुँ । टिमलाई लिएर जाने मैले नै हो जस्तो लाग्छ । एकदमै ठूलो जिम्मेवारी छ । त्यसलाई पूरा गर्नुछ जसरी भए पनि ।

नेपालले २०१६ को बंगलादेशमा भएको विश्वकप पछिका तीन विश्वकपमा स्थान बनाउँन असफल हुदै आएपनि यस पटक ट्रफि हात पार्ने लक्ष्य रहेको कप्तान देवले बताए । ‘म एकदम फोकस छु । यसमा राम्रो गरेर राष्ट्रलाई जिताएर ल्याएर सिनियर टिममा फेरी आउनुछ । यस पटक विश्वकपमा छनोट हुने राम्रो सम्भावना रहेको छ ।,’ उनले भने, ‘हामीसँग जगत गुरु हुनुहुन्छ । उहाँ आफैमा नेपाली क्रिकेटका लागि लकि हुनुहुन्छ । जगत गुरुका हरेक कार्य गर्दा टिम सन्तुलित बनेको छ ।’

मंगलबार मात्र नेपाल क्रिकेट संघ(क्यान)ले खनाललाई कप्तानीको जिम्मेवारी दिएको थियो । शुक्रबारबाट सुरु हुने यस प्रतियोगितामा नेपालले उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाली यू-१९ टोलीको कप्तानी गरिरहेका देवले सिनियर टोलीबाट खेलि सकेका छन् ।