२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप सबैको सपना हो, ट्रफी लिएर आउछौँ – कप्तान देव खनाल



अ+ अ-

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले यूएईबाट विजेता ट्रफि लिएर फर्कने बताएका छन् ।

आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट खेल्न यूएई जानु अघि बिदाइ कार्यक्रममा बोल्दै कप्तान देवले राष्ट्रलाई गर्व गराउने फोकसमा टिम अघि बढेको बताएका हुन् ।

‘सबै कुराहरु राम्रो छ । पोखरामा क्याम्प भयो । तीन वटा अभ्यास खेल पनि खेल्यौं । समग्रमा टिम राम्रो रहेको छ । एयटा गोल लिएर गईरहेका छौ । राष्ट्रलाई गर्व गराउने यसैमा फोकस छ ।’, देवले भने, ‘मेन हाम्रो फास्ट बलिङ चै राम्रो रहेको छ । रनरअप हुनेत चान्स नै छैन हामी विजेता ट्रफि नै लिएर आउछौ ।सबैबाट राम्रो हुने आशा छ ।’

कप्तान देवले आफुमा ठूलो जिम्मेवारी रहेको बताए । उनले भनुमेरो भूमिका एकदम महत्वपूर्ण रहेको छ । म भनेको कप्तानको रुपमा रहेको सिनियर खेलाडी हुँ । टिमलाई लिएर जाने मैले नै हो जस्तो लाग्छ । एकदमै ठूलो जिम्मेवारी छ । त्यसलाई पूरा गर्नुछ जसरी भए पनि ।

नेपालले २०१६ को बंगलादेशमा भएको विश्वकप पछिका तीन विश्वकपमा स्थान बनाउँन असफल हुदै आएपनि यस पटक ट्रफि हात पार्ने लक्ष्य रहेको कप्तान देवले बताए । ‘म एकदम फोकस छु । यसमा राम्रो गरेर राष्ट्रलाई जिताएर ल्याएर सिनियर टिममा फेरी आउनुछ । यस पटक विश्वकपमा छनोट हुने राम्रो सम्भावना रहेको छ ।,’ उनले भने, ‘हामीसँग जगत गुरु हुनुहुन्छ । उहाँ आफैमा नेपाली क्रिकेटका लागि लकि हुनुहुन्छ । जगत गुरुका हरेक कार्य गर्दा टिम सन्तुलित बनेको छ ।’

मंगलबार मात्र नेपाल क्रिकेट संघ(क्यान)ले खनाललाई कप्तानीको जिम्मेवारी दिएको थियो । शुक्रबारबाट सुरु हुने यस प्रतियोगितामा नेपालले उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाली यू-१९ टोलीको कप्तानी गरिरहेका देवले सिनियर टोलीबाट खेलि सकेका छन् ।