७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

राष्ट्रपति भण्डारी बागलुङमा, कालिका मन्दिरमा विशेष पूजाअर्चना

राष्ट्रपति भण्डारी बागलुङमा, कालिका मन्दिरमा विशेष पूजाअर्चना
अ+ अ-

बलेवा । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवतीको मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । आज बिहान राष्ट्रपति भण्डारीले कालिका भगवती मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत बिहान १०:३० बजे बागलुङ आउनुभएका राष्ट्रपति भण्डारीले करिब १५ मिनेट विशेष पूजाअर्चना गर्नुभएको थियो ।

उहाँ बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको विशेष निमन्त्रणामा कालिका मन्दिरको दर्शन र पूजाअर्चनाका लागि बागलुङ आउनुभएको गुठीका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर प्रवेशअघि गण्डकी प्रदेशका उपसभामुख बिनाकुमारी थापा, प्रदेशसभा सदस्य कृष्ण पाठक, गोविन्द नेपाली, दीपेन्द्र थापा, बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अम्मर थापा, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठलगायत सर्वसाधारणले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले कालिकाको विशेष पूजाअर्चनापछि मन्दिरका मूल पुजारी जयबहादुर खड्काको हातबाट प्रसाद ग्रहरण गर्नुभयो । मूल पुजारी खड्काले उहाँलाई पूजाअर्चनामा सहयोग गर्नुभएको थियो । पूजाअर्चना पूर्व राष्ट्रपति भण्डारीले कालिका मन्दिरको परिक्रमा गर्नुभएको थियो । कालिका भगवती मन्दिरको दर्शपछि राष्ट्रपति भण्डारीले कालिका मन्दिरको संरक्षणसम्बद्र्धन र प्रबद्र्धन गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले कालिका मन्दिरको विशेष आगन्तुक पुस्तिकामा लेख्नुभएको छ “बागलुङ जिल्लामा अवस्थित यस प्रसिद्ध कालिका भगवतीको दर्शन गर्ने सु–अवसर प्राप्त भएकोमा म साह्रै हर्षित छु, यो अवसर जुटाउने कालिका भगवती गुठीका संरक्षक तथा पदाधीकारीहरु, कर्मचारी एवं नागरिक समाजलाई विषेश धन्यवाद दिन चाहन्छु, यो समितिले यस ऐतिहासिक र धार्मिक मन्दिरको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन मिलाउन विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उहाँलाई कृतज्ञता पत्र र विशेष मायाको चिनो दिएर बिदाइ गरेको थियो । अध्यक्ष कुमार खड्काले कालिका मन्दिरको प्रचारप्रसार र बागलुङको विकासका लागि राष्ट्रपतिको भ्रमण फलदायी भएको व्यहोरा सहितको कृतज्ञतापत्र प्रदान गर्नुभएको थियो ।

नेपालका पहिलो महिला राष्ट्रपतिद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै बढ्ने बताउँदै बागलुङ कालिका गुठी व्यवस्थापन समितिले राष्ट्रपतिको कालिका मन्दिर दर्शन कार्यक्रलाई भव्य बनाउन सबैले सहयोग गरेको बताउनुभयो । अहिले बागलुङ कालिका मन्दिरलाई पुन:निर्माण गरी कलात्मक स्वरुपमा परिवर्तन गरिँदै छ । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हरेक महिना ठूलो सङ्ख्याका दर्शनार्थी आउने गर्दछन् ।

हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । राष्ट्रपतिको भ्रमणपछि दर्शनार्थीको सङ्ख्या थप बढ्ने विश्वास लिइएको छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजाआराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले भगवती प्रसन्न हुने र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ ।

पर्वतका राजा प्रतापीनारायण मल्लले विसं १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह विसं १५९१ मा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी इतिहासमा पाइन्छ । पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।

वर्षको दुई पटक चैते दसँैं र बडा दसँैंमा नियम पूजा ९जसलाई सरकारी पूजा पनि भनिन्छ० हुदैँ आएको छ । नियम पूजामा पञ्चबलि चढाइन्छ । सामान्यतया पाँच बलि अन्तर्गत एक बोका, दुई राँगो, तीन कुखुरा, हाँस परेवा र पाँच सुङ्गुर पर्दछन् ।

भक्तजनले विभिन्न मनोकामना पूर्ण हुने इच्छा राखी पूजापाठ गर्ने, सुन चढाउने तथा देवीलाई बलि दिनका लागि बोका, कुखुरा, राँगा आदि ल्याउने गर्दछन् । बागलुङ नगरपालिका– १ मा मन्दिर अवस्थित छ । पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालीगण्डकी नदीको मनोरम दृश्य देखिने ठाउँमा मन्दिरको निर्माण गरिएको छ । मन्दिरको वरिपरी साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखले घेरिएको दृश्य देख्न पाइन्छ ।

बागलुङ कालिका भगवतीको दर्शन गर्न देशभरिका दर्शनार्थी बागलुङ पुग्ने गर्छन् । सडकमार्गहुँदै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् । रासस