२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने व्यक्तिहरु नगद सहित पक्राउ



अ+ अ-

काठमाडौं । युरोप र अमेरिकामा जारी युरोकप २०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाईन बेटिंग गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई पक्राउ गरेको हो । 

उनीहरुबाट नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल बरामद गर्दै  मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको छ ।

साथै प्रहरीले त्यसरी विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आइएमईबाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाण्डौ ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा,पर्सा बिरगंज वडा नं.७ का हाल कुलेश्वर बस्दै आएका ४६ वर्षीय सुरज टिवडेवाल, भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, चितवन खैरहनी- टरौली घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् । 

यस्तै भारत हरियाना विवरनी जिल्ला घर भई हाल इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई हाल मरुटोल बस्ने ४६ वर्षी अमरनाथ गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ  ।