२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोकप २०२० लगायतका खेलहरुमा सट्टाबाजी गर्ने व्यक्तिहरु नगद सहित पक्राउ



अ+ अ-

काठमाडौं । युरोप र अमेरिकामा जारी युरोकप २०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाईन बेटिंग गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई पक्राउ गरेको हो । 

उनीहरुबाट नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल बरामद गर्दै  मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको छ ।

साथै प्रहरीले त्यसरी विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आइएमईबाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाण्डौ ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा,पर्सा बिरगंज वडा नं.७ का हाल कुलेश्वर बस्दै आएका ४६ वर्षीय सुरज टिवडेवाल, भारत बिहार पुर्बिचम्पारण जिल्ला रक्सौल घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, चितवन खैरहनी- टरौली घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् । 

यस्तै भारत हरियाना विवरनी जिल्ला घर भई हाल इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल, भारत राजस्थान झुनझुन जिल्ला सुरजगढ घर भई हाल क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र मोरङ बिराटनगर नगरपालिका वडा नं. ७ घर भई हाल मरुटोल बस्ने ४६ वर्षी अमरनाथ गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ  ।