११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती

श्रेष्ठलाई राष्ट्रिय सभामा बोल्न समय थोरै लागेपछि…(भिडियो)

श्रेष्ठलाई राष्ट्रिय सभामा बोल्न समय थोरै लागेपछि…(भिडियो)
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिनुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिनुभएको हो । 

उहाँले मुलुक प्रतिगमन र अग्रगमनको द्ध्रन्द संघर्षबाट गुज्रीरहेको बताउनु छ । आफुहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भएपनि प्रतिगमन पुर्ण रुपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोश्रो पटक पनि विघटन भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “म चेतावनी दिन चाहन्छु । त्यो कहिलेही पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्ने छौ । ”
प्रतिगमन पनि आफ्नै योजना अनुसार सम्पुर्ण संविधान र लोकतन्त्रलाई समाप्त गरेर अघि बढेको भएपछि उत्कर्ष विन्दुमा नपुगेका कारण आफुहरु राष्टियसभामा रहेको बताउनुभयो । उहाँले राष्ट्रियसभाको अधिवेशनलाई तत्काल अन्त्य गर्ने तर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्न सभाअध्यक्षको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “प्रतिनिधिसभा विघटन भएको अवस्थामा पनि हामी राष्ट्रियसभामा छौ । तत्काल अन्त्य गर्ने दिशा तर्फ नसोचिओस् यस तर्फ ध्यान जाओस् । जनताको आवाज मुखरित गर्ने थलो र संविधान र लोकतन्त्रको रक्षाको निम्ति संघर्ष गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्नुपर्छ । सम्माननीय अध्यक्ष ज्यु कुन पार्टीको पहिला हुनुहुन्थ्यो या कुन गुटको हुनुहुन्थ्यो भन्ने सोच्ने बेला छैन । यहाँ राष्ट्रियसभाको अभिभावकको रुपमा हुनुहुन्छ त्यसैले केपी ओलीलाई व्यक्तिगत रुपमा सहयोग गर्ने भूमिकाबाट मात्रै आफुलाई सोच्नुहुनेछैन । राष्ट्रियसभाको गरिमा , संविधान र लोकतन्त्रको रक्षाको पक्षमा आफुलाई उभ्याउनुहुनेछ भन्ने आशा र अपेक्षा मैले गरेको छु । ”
उहाँले सभामा आफुले आधा घण्टा सम्म पनि बोलेको स्मरण गर्दे २० मिनेट बोल्न पाउनुपर्नेमा घटाएर १५ मिनेट बनाएबाट निरंकुशताको र प्रतिगमनको छिटा यही सदन भित्र पनि आउन थालेको महसुस भएको भन्दै त्यसतर्फ आपत्ती गराउनुभयो ।

प्रधानमन्त्री ओली स्वार्थकेन्द्रीत महत्वाकांक्षाका कारण संविधान र लोकतन्त्र मात्रै नभई पार्टी र  कम्युनिष्ट आन्दोलन पनि समाप्त पार्ने दिशामा अघि बढेको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गर्नुभयो । उहाँले भन्नुभयो “के पी ओलीले आफ्नो नेतृत्वको सरकार मार्फत ठिक विपरित तर्फ लैजानुभयो । त्यस अर्थमा संविधानको नाङग्गो उलंघन गर्नुभयो । लोकतन्त्रको धज्जी उडाउनुभयो । अध्यादेशको साथमा निरंकुशन्त्र चलाउनुभयो । देशलाई भ्रष्टाचारको दलदलतर्फ लगेर देशलाई बरबाद गर्न तर्फ जानुभयो । यसको कारण के हो ? लोकतान्त्रिक दृष्टिकोण, चिन्तन र संस्कृतिको विरुद्ध उहाँ आत्मकेन्द्रीत व्यक्तिवाद, चिन्तन र संस्कृतिको शिकार हुनुभयो । आफ्नो व्यक्तिगत महत्वकांक्षा, स्वार्थ र सत्तालिप्साको निम्ति संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने तर्फ उद्धत हुनुभयो । संविधान र लोकतन्त्र गए जाओस् मेरो पदचाहीँ छोड्नुहुन्न मैले भन्ने दिशातर्फ उहाँ जानुभयो । संविधान र लोकतन्त्र मात्रै होइन र कम्युनिष्ट आन्दोलनपनि सकिए सकियोस् तर मेरो पद चाही छोड्दिन भनेर कम्युनिष्ट आन्दोलन माथि विर्सजनवादी प्रहार गर्नुभयो र एकैपटक प्रतिगामी प्रहार गर्नुभयो र देश अहिले अत्यन्तै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको छ । ”

प्रधानमन्त्री ओलीको स्वार्थ केन्द्रीत सत्तालिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुराएको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गर्नुभयो । प्रधानमन्त्री ओलीले विदेशीहरुसंग मिलेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको आरोप उहाँले लगाउनुभयो । उहाँले ओलीकै कारण  कारण मुलुकको आन्तरिक मामिलामा विदेशीहरुको हस्तक्षेप बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो “उहाँमा भएको व्यक्ति केन्द्रीत लिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुरायो र विदेशीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रक्रिया अगाडि बढ्यो । त्यसको योजना र मिलिभगतमा उहाँले अहिले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिराख्नुभयो । उहाँले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर धोकाधडी दिनुभयो । उहाँले पहिला चर्चा परिचर्चाको विषय बनाएको राष्ट्रियताको विषय धोका थियो । पुरै राष्ट्रिय आत्मसर्मपणवाद र लम्पसारवादमा पुगिसक्नुभएको छ भन्ने प्रष्ट भयो । आज अतिक्रमित भूभाग र इपिजीको को विषय वार्ताको विषय बन्दैन । नेपालको आन्तरिक मामिलामा हस्तक्षप भईरहेको छ त्यो बारे प्रतिवादको विषय हुदैन बरु विदेशी हस्तक्षेप स्वीकार गर्ने मात्रै होइन विदेशी हस्तक्षेप आमन्त्रण गरेर राष्ट्रिय स्वाधिनतालाई गम्भीर संकटमा पुराउनुभएको छ । यो प्रश्न क्षम्य हुन सक्तैन ।”
आफुहरुको मुख्य कार्यभार प्रतिगामी निरंकुशतन्त्र कुनै पनि अवस्थामा स्थापित हुन नदिनु नै रहेको भन्दै त्यसै अनुसार राजनीतिक संघर्ष अघि बढीरहेको स्पष्ट पार्नुभयो । अदालतले फेरि पनि संविधान अनुसार नै निर्णय गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नेछ भन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।

संविधानमा प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीमा नरहेको भन्दै उहाँले संविधानको धारा ७६ अन्र्तगतका सम्पुर्ण धाराहरुको कार्यान्वयन समाप्त भएको हो ?भनी प्रश्न गर्नुभयो । धारा ७६ ५ , ७६, २ नभएको भन्दै उहाँले ७६, २ नै ७६ ५ हो भनेर व्याख्या गर्नु संविधानलाई विकृत पार्नु हो । ७६ ५ लाई सांसदहरुले नै संसद बचाउन र सरकार बनाउनका लागि प्रयोग गर्ने धारा भएकाले त्यसमा सांसदहरुलाई स्वतन्त्रता दिईएकाले पार्टीको व्हीप नलाग्ने जिकिर गर्नुभयो ।
उहाले संविधान र लोकतन्त्रको हत्या गर्न रचना भएको निर्वाचनको नाटकलाई स्वीकार नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “निर्वाचन, निर्वाचन , निर्वाचनको कुरा गरिदै छ । के निर्वाचन नै लोकतन्त्र हो ? संविधानको अभिन्न अंगको रुपमा निर्वाचन भयो भने लोकतन्त्र सुदृढ हुन्छ । संविधानलाई मार्न, लोकतन्त्रको हत्या गर्न निर्वाचनको नाटक रचिन्छ भने त्यो लोकतान्त्रिक हुन सक्क्तैन । त्यसो त ज्ञानेन्द्रले पनि चुनावको घोषण गरेका थिए, हामीले भाग लियौ ? यति थाहा हुदाहुदै पनि संविधान र लोकतन्त्रको हत्या गर्ने गरी निर्वाचनको कुरा गर्न सकिन्न । हामी निर्वाचनको पक्षमा छौ तर संविधानसम्मत ढंगले ।”
श्रेष्ठले सरकारले भोट माग्ने अस्त्रको रुपमा कालीगण्डकी तिनाउ डाईभर्सन परियोजना अघि बढाएर संघीयताको हत्या गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “संघीयतालाई पुरै वेवास्ता गरेर, संघीयताको हत्या गरेर कालीगण्डकी तिनाउ डाईभर्सन परियोजना अगाडि ल्याईएको छ । यो मिल्दैन सभामुख महोदय, संघीयताको कोणबाट पनि मिल्दैन । सम्बन्धित प्रदेशसंग समन्वय नगरीकन मिल्दैन । विकासको समग्र योजनाको अंग नबनाईकन भोट माग्ने अस्त्रको रुपमा अगाडि बढाईएको छ । त्यसो गर्न मिल्दैन ।” राष्ट्रियसभा सदस्य श्रेष्ठले सबै जनतालाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन तथा कोभिड तेश्रो लहरको पुर्व तयारीमा जट्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।