२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमिकस क्युरीमा वैद्यः ‘प्रतिनिधिसभाले केपी ओलीलाई घर जाउ भनेको हो’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सम्पन्न भएको छ । बहस सम्पन्न भएपछि संवैधानिक इजलासले एमिकस क्युरीको राय लिँदै छ । 

एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर जाउ भनेको बताएका छन् । 

वैद्यले भने –‘विश्वासको मत नपाएर अस्वीकृत भैसकेको अवस्थामा फेरि नयाँ अवतारको रुपमा प्रधानमन्त्री नियुक्त गर्न पाइन्छ भनेर संविधानले भनेको छैन, उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली)लाई घर जाउ भनेको हो ।’

विश्वासको मत गुमाएपछि राष्ट्रपतिले धारा ७६ (३) अनुसार पुनः केपी शर्मा ओलीलाई गरेको नियुक्ति असंवैधानिक भएको वैद्यको तर्क छ । 

‘वैशाख २७ मा विश्वासको मत गुमाउँदा प्रधानमन्त्री (केपी शर्मा ओली) दलको नेता नै थिए, दलको नेता परिवर्तन नै नभई त्यहि व्यक्ति फेरी कसरी ७६ (३) अनुसार नियुक्त हुन सक्नुहुन्छ ?’ वैद्यले प्रश्न गरे ।